फाइल तस्वीर

काठमाडौँ — साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले वृद्धि भएको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यस्तै, आज तेजाबी सुन एक लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ८ सय रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।