काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले यतिबेला देशका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रहेको छ
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली देखि सामान्यतया सफा तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ । देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।