तस्वीरमा काङ्ग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलन

कास्की – सत्तारुढ दल नेपाली काङ्ग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलनको आजदेखि सुरुहुँदै छ । काङ्ग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले सम्मेलनको उद्घाटन गर्नु हुनेछ ।

काङ्ग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले सम्पूर्ण तयारी पूरा भएको बताउनुहुँदै सम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारीसमेत उपस्थित हुनुहुने जानकारी गराउनुभएको छ ।

गण्डकी प्रदेश समितिको पहिलो सम्मेलनको उद्घाटन पोखरा सभागृहमा हुने र बन्दसत्र भोलि पोखरा पार्टी प्यालेसमा हुने गरी व्यवस्था मिलाइएको प्रदेश समितिका सभापति शर्माले बताउनुभयो ।

सम्मेलनमा गण्डकी प्रदेश कार्यसमितिसहित पाँच सय जना प्रतिनिधिहरुले बन्दसत्रमा भाग लिने प्रदेश समितिले जनाएको छ ।