प्रतिकात्मक तस्वीर


मन्थली — रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिका –७ का एक शिक्षक पक्राउ परेका छन् । सो पालिकामा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौद दुर्व्यवहारको आरोपमा पक्राउ परेका हुन् ।

रामेछापका प्रहरी नायव उपरीक्षक(डिएसपी) होमबहादुर पराजुलीका अनुसार सोही विद्यालयमा कक्षा नौ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक सार्कीलाई पक्राउ गरिएको हो । पीडित छात्राले आफुमाथि शिक्षक सार्कीले यौन दुर्व्यवहार गरेकाले कारबाहीका निम्ति आवेदन गरेपछि अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको डिएसपी पराजुलीले बताउनुभयो ।

अभियुक्त शिक्षक सार्कीले मङ्सिर २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको प्रश्नपत्र प्रदान गर्ने बहानामा निजमाथि यौन दुर्व्यवहार गरेको प्रहरीको भनाइ छ । ।