मकवानपुर — बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ । काठमाडौँको चावहिलस्थित हेल्पिङ ह्यान्डस अस्पतालमा स्वास्थ्य उपचार गराइरहनुभएका प्रदेश प्रमुख शर्मा आज अपराह्न ‘डिस्चार्ज’ हुनुभएको हो ।

फोक्सोमा निमोनियाको सङ्क्रमण देखिएपछि उहाँ थप उपचारका लागि गत मङ्सिर २९ गते अस्पताल भर्ना हुनुभएको थियो । स्वास्थ्यमा सुधार हुँदै गएपछि उहाँ आज अपराह्न ‘डिस्चार्ज’ हुनुभएको बताइएको छ ।