फाइल तस्वीर
काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ भने तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीको अवस्था रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आज सोमबार राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीको अवस्था रहने छ ।

मौसम बदलीसँगै देशभरिको तापक्रम घट्दा चिसोबाट हुन सक्ने असरबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ ।