फाइल तस्वीर


काठमाडौँ — साताको पहिलो दिन आज स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज आइतबार छापावाल सुनको मूल्य तोलामा एक हजार तीन रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार छापावाल सुन प्रतितोला एक लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन तोलाको एक लाख १९ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन भने तोलाको एक लाख १७ हजार दुईसय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको छ । चाँदी तोलाको एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।