काठमाडौँ — साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा चार सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।

नेपाली बजारमा आज छापावाल सुनको मूल्य एक लाख १९ हजार एक सय रुपैयाँ कायम भएको छ । यसैगरी, आज तेजावी सुनको मूल्य एक लाख १८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेकोमहासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदी तोलामा पन्ध्र रुपैयाँले बढेर एक हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।