बेइजिङ — चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिनफिङले हालै गर्नु भएको भियतनामको राजकीय भ्रमणलाई यस वर्षको चीन–भियतनाम सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक घटनाका रूपमा लिइएको छ । भ्रमणले ठूलो सफलता हासिल गरेको चिनियाँ विदेशमन्त्री वाङ यीले बताउनुभएको हो ।


चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति राजनीतिक ब्युरोका सदस्य समेत रहेका वाङले उक्त भ्रमणले दुई देश बीचको सम्बन्धमा ऐतिहासिक महत्त्व राखेको उल्लेख गर्नु भएको छ ।

भियतनामी पक्षले यस भ्रमणलाई ठूलो महत्त्व दिएको छ र उच्च स्तरको न्यानो स्वागत र अभूतपूर्व शिष्टाचार देखाएको उल्लेख गर्दै भियतनामका प्रधानमन्त्री फाम मिन चिन र राष्ट्रिय सभाका अध्यक्ष भुङ दिन्ह ह्यु चीनका राष्ट्रपति सीलाई स्वागत गर्न विमानस्थलमै पुग्नु महत्त्वपूर्ण रहेको बताउनु भएको छ ।


यस वर्ष चीन र भियतनाम बीचको व्यापक रणनीतिक सहयोग साझेदारीको १५ औँ वार्षिकोत्सव मनाउने क्रममा यस भ्रमणले नयाँ युगको थालनी गरेको विदेशमन्त्री वाङको टिप्पणी छ ।