फाइल तस्वीर

काठमाडौँ — चालु आर्थिक वर्ष २०८०/८१ को सुरुको चार महिनाको तथ्याङ्क हेर्दा देशको अर्थतन्त्रमा सुधार देखिएको छ । रेमिट्यानसमा उच्च वृद्धि र वस्तु आयातमा भएको कमीले चार महिनामै विदेशी विनिमय सञ्चिति १० दशमलव २ प्रतिशतले बृद्धि भएको छ । गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति कात्तिक मसान्तमा आउँदा १० दशमलव २ प्रतिशतले वृद्धि भई १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ पुगेको हो ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनाको तथ्याङ्कमा आधारित आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदमा उक्त विवरण सार्वजनिक गरेको हो । राष्ट्र बैंकले जनाए अनुसार गत असार मसान्तसम्ममा अमेरिकी डलरमा ११ अर्ब ७१ करोड रहेकोमा विदेशी विनिमय सञ्चिति कात्तिक मसान्तसम्म आइपुुग्दा ८ दशमलव ९ प्रतिशतले वृद्धि भई १२ अर्ब ७५ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३४५ अर्ब ७८ करोड रहेकोमा २०८० कात्तिकमा १४ अर्ब ९० अर्ब ८३ करोड पुगेका छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा कात्तिक मसान्तमा २ खर्ब ५ अर्ब ९५ करोड कायम भएको छ । २०८० कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.८ प्रतिशत रहेको छ ।

आयातमा कमी र विदेशी विनिमय सञ्चितिमा भएको उल्लेख्य वृद्धिले गर्दा सञ्चिति पर्याप्तता सूचकमा उल्लेख्य रुपमा सुधार भएको छ । अर्थतन्त्रका बाह्नय सूचक थप मजबुत बन्दै जाँदा चालु खाता बचत करिब १ खर्ब नजिक पुग्दा शोधनान्तर बचत करिब डेढ खर्ब पुगेको छ ।

राष्ट्र बैक्.ले चालु आर्थिक वर्षको अन्त्यिसमम ७ महिनाको बस्तु तथा सेवाको आयात धान्न पुग्ने विदेशी विनियम सञ्चिति कायम राख्ने लक्ष्य लिएको थियो ।

आर्थिक वर्ष २०८०/८१ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १३ दशमलव ६ महिनाको वस्तु आयात र ११ दशमलव ३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले जनाएको छ ।

कात्तिक मसान्तसमम चालु खाता ९६ अर्ब ३८ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३७ अर्ब ७९ करोडले घाटामा रहेको चालु खाता चालु आर्थिक वर्षमो उल्लेख्य रुपमा बचतमा देखिएको छ । अमेरिकी डलरमा चालु खाता ७२ करोड ५१ लाखले बचतमा रहेको छ ।

कात्तिक मसान्त सम्ममा पूँजीगत ट्रान्सफर ४६ दशमलव ६ प्रतिशतले कमी आई १ अर्ब ५९ करोड कायम भएको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ६४ करोड रहेको छ । गत आवको सोही अवधिमा पूँजीगत ट्रान्सफर २ अर्ब ९७ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ४२ करोड ९२ लाख रहेको थियो ।