फाइल तस्वीर: पोल्याण्डका नवनियुक्त प्रधानमन्त्रीमा डोनाल्ड टस्क ।


पोल्यान्ड — पोल्याण्डका नवनियुक्त प्रधानमन्त्रीमा डोनाल्ड टस्कले शपथ ग्रहण गर्नुभएको छ । सोमवार तथाकथित दोस्रो संवैधानिक चरणमा पोल्याण्डको संसदको तल्लो सदन सेज्मले डोनाल्ड टस्क प्रधानमन्त्रीमा निर्वाचित गरेपछि डोनाल्ड टस्कले बुधवार वार्सास्थित राष्ट्रपति भवनमा प्रधानमन्त्रीको शपथ ग्रहण गर्नुभएको हो ।

पोल्याण्डका नयाँ प्रधानमन्त्री टस्कलाई राष्ट्रपति डुडाले बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत दिनुभएको छ । संसदको तल्लो सदन सेज्मले टस्कको मन्त्रिपरिषद्लाई विश्वासको मत दिएको थियो । ६६ वर्षीय टस्क सन् २००७ देखि २०१४ सम्म पोल्याण्डको प्रधानमन्त्री र सन् २०१४ देखि २०१९ सम्म युरोपियन काउन्सिलको अध्यक्ष समेत भइसक्नुभएको थियो ।

प्रधानमन्त्री टस्क शपथ ग्रहण गरेपछि उपप्रधानमन्त्री तथा रक्षामन्त्री व्लाडिस्लाव कोसिनियाक–कामिस्ज र उपप्रधानमन्त्री तथा डिजिटाइजेसन मन्त्री क्रिजिस्टोफ गावकोस्कीले पनि शपथ ग्रहण गर्नु भएको छ । कुनै समय रक्षामन्त्री र परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका राडोस्लाव सिकोर्सकीले परराष्ट्र मन्त्रालयको जिम्मेवारी लिनुहुने भएको छ ।

यसैगरी पूर्व लोकपाल एडम बोडनारले न्याय मन्त्रालय र अभियोजकको कार्यालयको नेतृत्व गर्नुहुने छ । मङ्गलबार संसदमा प्रमुख नीतिगत भाषणमा प्रधानमन्त्री टस्कले सार्वजनिक क्षेत्रको तलब बढाउनुको साथै वार्सा र ब्रसेल्सबीचको कानूनी शासन विवादका कारण रोकिएको युरोपेली सङ्घबाट ५९ दशमलव ८ बिलियन युरो (६४ दशमलव ५ बिलियन अमेरिकी डलर) अनुदान र ऋृणमा रोक लगाउने प्रतिवद्धता जनाउनुभएको छ । सिन्ह्वा