रामपुर — पाल्पाको रामपुरमा सडक मर्मत गर्ने क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ । रामपुर नगरपालिका–१० टोक्से पलेङ क्षेत्रमा सडक मर्मत गर्ने क्रममा डोजर पुरिएर ज्यान गुमाएका चालक २४ वर्षीय धनविर खड्काको परिवारलाई नगरपालिकाले एक लाख सहयोग गरेको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिनुभयो ।

दाङको शान्तिनगर गाउँपालिका–१ नयाँबस्ती घर भएका खड्काकी श्रीमती पवित्रालाई नगरपालिले सो रकम प्रदान गरेको हो । गत असोज २२ गते बाटो मर्मत गर्ने क्रममा पहिरोले पुरिएर चालक खड्काको ज्यान गएको थियो ।

रामपुर नगरपालिकाले नगरभित्र भैपरी आउने घटना, आगलागी, बाढीपहिरो पीडित, असहाय तथा विपन्न परिवारलाई राहत रकम उपलब्ध गराउँदै आएको छ । रासस