फाइल तस्वीर


जेरुसेलम — इजायल र हमासबीच दुई महिनादेखि जारी युद्धले गाजामा हजारौको सङ्ख्यामा प्यालेस्टाइनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । गत अक्टोबर ७ देखि सुरुभएको इजरायल र हमासबीच युद्धका कारण गाजामा १८ हजार चार सय प्यालेस्टाइनीको मृत्यु भएको हो ।

साथै हिजो मङ्गलबार वेस्ट बैंकको जेनिन शहरमा इजरायली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनी मारिएका छन् । इजरायली सेनाले हिजो जेनिन शहर र यसको शरणार्थी शिविरमा छापा मारेको थियो । कयौं घण्टासम्म चलेको सैन्य कारवाहीमा चार जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको समाचारमा जनाइएको छ । सिन्ह्वा