फाइल तस्वीर

काठमाडौँ– साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज तेजाबी सुन एक लाख १५ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो मङ्गलबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार तीन सय रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तैगरी आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।