फाइल तस्वरि
इस्लामाबाद — आतङ्कवादीहरूले डेरा इस्माइल खानस्थित प्रहरी चौकीमा आक्रमण गर्दा तीन जना प्रहरीको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । विस्फोटक पदार्थले भरिएको कार प्रयोग गरी आक्रमण गरिएको एआरवाई न्युजले मङ्गलबार उल्लेख गरेको छ ।

प्रहरीका अनुसार आतङ्ककारीहरूले डिआइ खानको दरबन प्रहरी चौकीको मुख्य गेटमा विस्फोटक पदार्थले भरिएको कारबाट आक्रमण गरेका थिए । आक्रमणमा तीन जना प्रहरी हवलदार, रियासत र सिपाही जुल्फिकार मारिएको जनाइएको छ ।

यसैबीच, परिसरमा प्रवेश गर्न खोज्दा प्रहरीले चलाएको गोली लागी दुईजना घाइते भएका छन् । आक्रमणबाट प्रहरी चौकीको छाना खसेको छ । घाइतेहरूलाई डीआई खान अस्पतालमा लगिएको प्रहरीले जनाएको छ भने दरबान तहसीललाई पूर्ण रूपमा घेराबन्दी गरिएको छ । आक्रमण लगत्तै घटनास्थलमा प्रहरीको ठूलो टोली पुगेको छ ।

आतङ्कवादी हमलापछि तहसील द्राबनका विद्यालय र कलेजहरूमा निर्धारित परिक्षा स्थगित गरिएका छन् । एआरवाई न्युजका अनुसार डेरा इस्माइल खानको प्रहरी चौकीमा हमला भएको यो पहिलो पटक भने होइन । अक्टोबरको शुरुमा, केपीको डेरा इस्माइल खान जिल्लाको एउटा प्रहरी चौकीमा आक्रमण भएको थियो जसमा आतङ्कवादीहरूले हाते ग्रेनेड र रकेटहरू पनि प्रयोग गरेका थिए । डेरा इस्माइल खानको हथला प्रहरी चौकीमा भएको आक्रमणमा पनि दुई जना प्रहरी घाइते भएका थिए ।