फाइल तस्वीर
विराटनगर — पूर्वमाओवादी नेता एवम् पूर्वमन्त्री गोपाल किरातीलाई प्रहरीले गिरफ्तार गरेको हो । नेपाल कम्युनिस्ट पार्टी (एमाल)को ‘झलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’ कोशी प्रदेशमा पुगेपछि उक्त यात्रालाई अवरोध गर्न खोज्ने पूर्वमन्त्री किरातीसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

एमालेको सङ्कल्प यात्रालाई अवरोध गर्न खोज्नेहरुमध्ये अहिलेसम्म उदयपुर र खोटाङ जिल्लाबाट १० जनालाई नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पूर्वमन्त्री किरातीसहित राजेश राई, गन्धमान राई र विजय राईलाई हलेसीबाट, उदिम राईलाई खोटाङबाट र भोजपुरबाट पक्राउ पर्नेहरूमा मिना राई, दिनेश राई , पनन राई , विदुर राईलाई भोजपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेकपा एमालेको आज मङ्लबारको सङ्कल्प यात्राको टोली कोशी प्रदेशको ओखलढुङ्गा प्रवेश गर्दैछ । ओखलढुङ्गाको हर्कपुरमा आमसभा हुँदैछ । एमाले कार्यक्रम विथोल्न सक्ने भन्दै कोशीका मध्य पहाडी जिल्लामा कडा सुरक्षा व्यवस्था कडा पारिएको छ । आमसभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने बताइएको छ ।