फाइल तस्वीर

काठमाडौँ– साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले र चाँदी तोलामा १५ रुपैयाँले घटेको हो ।
महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, आज तेजाबी सुन एक लाख १६ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन आइतबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ५ सय रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी तोलामा १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।