तेल अवीव — इजरायली सेनाले गाजा क्षेत्रमा पहिलो पटक तोपखाना सञ्चालन गरेको छ । सेनाले जनाए अनुसार इजरायली भूमिमाथि आक्रमण भएपछि ’डिफेन्स फोर्स आर्टीलरी’ गाजा पट्टी भित्र तैनाथ गरिएको हो ।


पछिल्ला केही दिनहरूमा सो तोपखाना २८२ औं फायर ब्रिगेडका सेनाहरूले सीमा पार गरेर गाजा पट्टीमा तैनाथ गरेका हुन् । तोपखाना परिचालित कारबाहीका क्रममा २० भन्दा बढी आतङ्कवादी लक्ष्यहरूमा आक्रमण गरिएको बताइएको छ ।


सो आक्रमित क्षेत्रमा आतङ्कवादी सङ्गठन हमासका हतियार गोदामहरू र सैन्य पूर्वाधारहरू रहेको बुझिएको छ । एजेन्सी