फाइल तस्वीर
काठमाडौँ — नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भेगमा आंशिक बदली रहेको छ भने देशका बाँकी स्थानको मौसम सामान्यतया सफा रहेकोे छ । महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु÷कुहिरो लागिरहेको छ ।

आज दिउँसो पनि पहाडी क्षेत्रमा आंशिक बदली रही देशका बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहनेछ । आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक÷दुई स्थानमा भने हल्का हिमपात हुने सम्भावना छ ।

आज राति पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक÷दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।