फाइल तस्वीर


काठमाडौँ — आज बालाचतुर्दशी, प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आफ्न दिवङ्गत पितृहरुको सद्गतिको कामना गर्दै शतबीज छरिने प्रचलन छ । बालाचतुर्दशीको दिन काठमाडौँस्थित आराध्यादेव पशुपतिनाथ परिशरलगायत देशभरका शिवालयहरुमा दिवङ्गत पितृहरुको सद्गतिको कामना गर्दै परिवारका सदस्यहरुबाट आज बिहानदेखि शतबीज छर्ने कार्य भएको छ ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशीका दिन शतबीज छर्नका लागि भक्तजन पशुपतिनाथमा आउँछन् । यतिबेला पाशपत क्षेत्रमा तीर्थालुहरुको ठूलो भिड लागेको छ । आइतबार रातिदेखि पशुपति क्षेत्रमा बत्तिबालेर आफ्ना दिवङ्गत पितृहरुको स्मरण गर्दै मार्गशीर्ष कृष्ण त्रयोदेशीको बिहानैदेखि पशुपति क्षेत्रमा शतबीज छर्ने कार्य गरेका छन् ।

जाडोको मौसम भएकाले पाललगायत व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति क्षेत्रमा आइतबार बिहानैदेखि सुरक्षाकर्मीलगायतको बाक्लो उपस्थिति रहने गरी व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।