साङ्केतिक तस्वीर


दाङ – गिट्टी बोकेको ट्रक दुर्घटना हुँदा सोही ट्रकका चालक र सहचालकको मृत्युभएको छ । पूर्व पश्चिम राजमार्जस्थित सितगङ्गा नगरपालिका–८ सातमारामा भएको उक्त दुर्घटनामा परी नवलपरासी पश्चिम रामग्राम नगरपालिका १८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भालुवाङले बताएअनुसार ना ६ ख २७३९ नम्बरको ट्रक दुर्घटनामा परी गम्भीर घाइते भएका चालक चौधरीको जेनिस अस्पताल बुटवलमा र सहचालक कुर्सीको भालुवाङ प्रस्तावित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । लमहीबाट गिट्टी बोकेर कपिलवस्तु जाँदै गरेको सो ट्रक अनियन्त्रित भएर पल्टिएको हुन सक्ने प्रहरीले बताएको छ ।