फाइल तस्वीर पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरी ।


लिमा — पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरी जेल मुक्त हुनुभएको छ । मानवता विरुद्धको अपराधमा २५ वर्षे जेल सजाय भोगिरहनुभएका पूर्वराष्ट्रपति फुजिमोरी हिजो बुधबार जेलमुक्त हुनुभएहो हो ।

संवैधानिक अदालतले मङ्गलबार पूर्वराष्ट्रपति फुजिमोरीलाई “तत्काल रिहा“ गर्न आदेश दिएपछि उहाँ जेलमुक्त हुनुभएको हो । ल्याटिन अमेरिकी राज्य पेरुमा साइनिङपाथका नेता गोञ्जालाको नेतृत्वमा चलेको जनयुद्ध निकै प्रभावशाली बनिरहेको थियो । राइनिङपाथको जनयुद्धले लिमालाई कब्जा गर्ने सङ्घारमा पुगेको बेला गोञ्जाला गिरफ्तारमा पर्नुभएको थियो । त्यसपछि फुजिमोरीको उदयले जनयुद्धमाथि चर्को दमन भयो । गोञ्जालाले आजीवन काराबासको सजाय भोगिरहँदा उहाँपछिका नेताहरुले राष्ट्रपति फुजीमोरीको दमनलाई प्रतिरोध गर्न सकेनन् । चरम दमन पछि सन् २००० मा फुजिमोरीले पदबाट राजीनामा दिएर जापान पलायन भए ।

केही वर्ष जापानमा निर्वासन जीवन विताइरहेका फुजिमोरी चिली गएको बेला त्यही पक्राउ गरी पेरुलाई सुपुर्दगी गरियो । त्यसपछि उनलाई सन् २००९ मा आजीवन जेल सजाय तोकियो । तर सन् २०१७ मा भने रिहा भएका थिए । त्यसपछि पुनः उनलाई गिरफ्तार गरी जेल चलान गरिएको थियो । आजीवन काराबासको सजाय पाउनुभएका पूर्वराष्ट्रपति फुजीमोरीले करिब १४ वर्षको जेलजीवन पछि बुधबार रिहा हुनुभएको छ ।

लिमास्थित बार्बाडिलो जेलबाट फुजिमोरी साँझ ६:३० बजे बाहिर निस्किनु भएको थियो । रिहाइपछि उहाँले परिवारका सदस्यहरू केइको र केन्जी फुजिमोरीले भेट्नु भएको थियो । केही समय अघि नेसनल पेनिटेन्शियरी इन्स्टिच्युटले सामाजिक सञ्जालमार्फत उहाँको रिहाइको प्रक्रिया अगाडि बढेको जनाएको थियो ।