काठमाडौँ — साताको पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा दुई सय रुपैयाँले बढेको हो ।


आज छापावाल सुन १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँ मा कारोबार भइरहेको छ ।


त्यसैगरी आज चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदी अघिल्लो दिन १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियो।