प्रतिकात्मक तस्वीर
उदयपुर — त्रियुगा नगरपालिका–५ दमौटी गाउँमा एक महिनाले आफ्नै श्रीमान्को हत्या गरेकी छन् । दमौटीकी ४० वर्षीया निरकुमारी राई श्रीमान् दैनिक मादक पदार्थ सेवन गरेर घर आउने र घरमा झगडा गर्ने गरेका कारण आफुले हत्या गरेको बताएकी हुन् ।


श्रीमान्को हत्यागरी जङ्गलको झाडीमा शव लुकाएको उनले स्वीकारेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार निरकुमारीले ६० वर्षीय श्रीमान् श्याम राईको हत्या गरी नजिकै जङ्गलको झाडीमा शवलाई स्याउलाले छोपेर राखेको अवस्थामा मङ्गलबार स्थानीयले देखेपछि घटनाका बारेमा प्रहरीमा खबर गरेका थिए ।

घटनाको अनुसन्धान सुरु गर्दा नै हत्याको कसुरमा संलग्न भएको प्रमाणसहित निरकुमारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताउनुभयो । प्रारम्भिक अनुसन्धानअनुसार निरकुमारीले श्यामको हत्या गरेको स्वीकार गरिसकेको प्रहरी जनाएको छ । हत्यामा अन्य व्यक्ति पनि संलग्न रहे नरहेका विषयमा पनि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।