सोल — मे महिनाको एउटा आँधीबेहरीको रातमा किमले आफ्नो परिवारलाई आफ्नै घरमा बनाएको काठको डुङ्गामा बसाउनुभयो र आफ्ना छोराछोरीलाई स्वतन्त्र जीवन दिने आशामा उत्तर कोरियाबाट टाढाको यात्रा गर्नुभयो ।
सन् १९५० को दशकमा युद्धका कारण कोरिया प्रायद्वीप विभाजन भएपछि हजारौँ उत्तर कोरियाली दक्षिण कोरिया भागे तर तीमध्ये अधिकांश पहिला छिमेकी देश चीन गए । सामुद्रिक मार्गबाट विचलन हुनु अत्यन्त दुर्लभ हुन्छ र यो स्थल मार्गको तुलनामा अत्यन्त खतरनाक मानिन्छ । केवल केही मुठ्ठीभरका मानिसले मात्र वास्तविक सामुद्रिक सीमा (उत्तरी सीमा रेखा) पार गर्न सक्छन् ।
यद्यपि ३१ वर्षीय मछुवा किमले (सुरक्षाका कारण आफ्नो थर मात्र प्रयोग गर्न आग्रह गर्दै) उहाँलाई त्यस्तो गर्न सकिन्छ भन्ने विश्वास छ । उहाँले दुई असफल प्रयासपछि अन्ततः आफ्ना नौ सदस्यीय परिवारलाई उत्तर कोरियाबाट बाहिर निकाल्न सफल हुनुभयो ।
महिनौँसम्म उहाँले सीमा गस्तीका ढाँचाहरूको अध्ययन गर्नुभयो र अवसरको प्रतीक्षा गर्नुभयो । उत्तर कोरियाले कोभिड महामारीमा लकडाउन गरेपछि उसको तटीय नाकाबन्दीलाई हटाउन सुरु गरेसँगै उहाँ भाग्न सफल हुनुभयो ।
“मैले भूभाग र मौसमको अवस्थाको अध्ययन गरेँ र सामुद्रिक चेतावनी प्रभावकारी हुँदा सबैभन्दा खराब रातमा निस्किएँ”, उहाँले सोलमा एएफपीसँग भन्नुभयो । उहाँका अनुसार उहाँको परिवारका सबैजना यहाँसम्म कि उहाँका तीन वर्षको बच्चाले पनि उहाँहरू भाग्ने सफलता सुनिश्चित गर्न मिलेर काम गरे ।
“मलाई दोस्रो पटक जन्मेको जस्तो लाग्छ”, किमले भन्नुभयो, “उत्तरमा आकाशमा उड्ने विमान केही यस्ता थिए जसलाई मैले मेरो सपनामा, फिल्ममा र टिभी नाटकहरूमा देखेको थिएँ, तर म अब वास्तवमै यसको सवारी गर्न सक्छु र मलाई अर्को जन्ममा जन्मेको जस्तो लागेको छ ।”
महिनाँैको सोधपुछपछि किम अब उहाँको नयाँ जीवनका लागि अगाडि बढ्न तयार हुनुहुन्छ । उहाँले दक्षिण कोरियामा अधिकारीहरूले उत्तर कोरियालीहरूका लागि नौ वर्षमा पहिलोपटक आयोजना गरेको प्रमुख रोजगार मेलामा भाग लिनुभयो ।
कतिपय भगौडाले एकीकरण गर्न सङ्घर्ष गरेका छन् । दक्षिण कोरियाको तीव्र आर्थिक विकाससँगै दशकौँको विभाजनको अर्थ त्यहाँ भाषिक, सांस्कृतिक र व्यावहारिक चुनौतीमाथि नियन्त्रण गर्न बाँकी छ । रोजगार मेला सरकारले आयोजना गरेको कयौँ पहलमध्येको एक हो जसले भगौडाहरूलाई सहयोग गर्न चाहन्छ ।
सिओइएक्स कन्भेन्सन सेन्टरमा आयोजित मेलामा नोकरीका दर्जनौँ सम्भावनाबाट किम अत्यन्त चिन्तित हुनुहुन्थ्यो । मेलामा करिब एक सय कम्पनी र सार्वजनिक संस्थानहरूले भाग लिएका थिए । रोजगार पुस्तिकाहरूको खात हातमा लिँदै किमले भन्नुभयो, “म सिधै उत्तरबाट आएका हुनाले यस्तो संस्कृति अवस्थित भएकामा म अत्यन्त छक्क परेको छु ।”
उत्तर कोरियामा माछा मार्ने उद्योगमा वर्षौंसम्म काम गर्नुभएका किमले लामो समयसम्म जहाजको नाविक बन्ने सपना देखेको बताउनुभयो । यो उहाँको पूर्व घरमा असम्भव थियो । उत्तर कोरियामा ढुवानी (जहाज) उद्योग कडारूपमा नियन्त्रित छ, नोकरीमा पुग्न अत्यन्त सीमित छ र यो सही पृष्ठभूमि र जडानमा निर्भर छ ।
“सामान्य मानिसका लागि नाविक बन्न केवल सपना हुनसक्छ”, किमले भन्नुभयो, “तर मैले यहाँ यदि तपाईंले थोरै मात्र प्रयास गर्नुभयो भने केही पनि सम्भव छ भन्ने सुनेको छु, त्यसैले मैले यसलाई लिने प्रयास गर्दैछु ।”
किमले उत्तर कोरियामा शान्त र मेहनती जीवन व्यतित गर्नुभयो र एक दिन आफैँ डुङ्गा किन्ने दिशामा काम गर्नुभयो । उहाँले माछा मार्ने डुङ्गामा चालक दलको सदस्यका रूपमा नोकरी सुरु गर्नुभयो । पुनः धेरै पैसा कमाउनका लागि गोता लगाउन सिक्नुभयो ।
अन्ततः उहाँले काठको डुङ्गा बनाउनका लागि पर्याप्त कमाउनुभयो । उक्त डुङ्गालाई उहाँले दक्षिण कोरियाको जोखिमयुक्त सामुद्रिक यात्रामा निस्कनुअघि करिब पाँच वर्ष चलाउनुभयो । जब उहाँका बच्चाहरू एक दिन ‘अनावश्यक दिमाग भड्किने सत्र’ बाट घर फर्किए, उहाँले उत्तर कोरियाबाट भाग्ने निर्णय गर्नुभयो ।
“मूलरूपमा उत्तर कोरियामा नभएको उनीहरूले गर्न, भन्न र जे चाहन्छन् त्यो देख्न सकुन् भन्ने म चाहन्थेँ, म त्यहाँ राम्रो संसार छ र एउटा ठूलो संसार छ भनेर उनीहरूलाई देखाउन चाहन्थेँ”, किमले भन्नुभयो, “यदि तपाईंले राम्रो योजना बनाउनुभयो र कडा परिश्रम गर्नुभयो भने उत्तर कोरियामा तपाईं स्थिर जीवन बिताउन सक्नुहुन्छ तर त्यहाँ कुनै स्वतन्त्रता छैन ।”