काठमाडौँ — नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला आठ सय रूपैयाँ घटेर एक लाख १८ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो मङ्गलबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज बुधबार तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख १८ हजार छ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २० रूपैयाँले घटेर एक हजार चार सय ८० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।