भेन्टियान — लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत भएका छन् । लाओस र रुसले लाओको राजधानी भेन्टियानमा व्यापार, आर्थिक, वैज्ञानिक र प्राविधिक द्विपक्षीय सहयोगसम्बन्धी प्रोटोकलमा हस्ताक्षर गरेका हुन् ।


सो समाझदारीले बैंकिङ, वित्त, उद्योग, यातायात, ऊर्जा, स्वास्थ्य सेवा र अन्य विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगको आशाजनक नयाँ क्षेत्रहरू पहिचान गरेको पनि पासाक्सन अखबारले मङ्गलबार उल्लेख गरेको छ ।


रुसी प्रतिनिधिमण्डलले आर्थिक–व्यापारिक तथा वैज्ञानिक–प्राविधिक सहयोग बढाउँने उद्देश्यले लाओसको भ्रमण गरेको थियो । अन्तरसरकारी लाओ–रूसी आयोगको १७ औँ सत्र जुन नोभेम्बर २९–३० सम्म भएको थियो त्यसमा रुसी प्रतिनिधि मण्डलले द्विपक्षीय व्यापार प्रवर्धनमा विशेष चासो दिएको थियो ।


दुई देश नयाँ व्यापार र आर्थिक साझेदारीको खोजी गर्न र खाद्यान्न शृङ्खला पुनर्निर्माण गर्न इच्छुक रहेको पाइएको छ । जलविद्युत, शान्तिपूर्ण आणविक ऊर्जा र चिकित्सा उपकरणको आपूर्तिका क्षेत्रमा समेत संयुक्त लगानीका परियोजनाहरूको सङ्ख्या बढाउने दुई देशको योजना छ ।