प्रतिकात्मक तस्वीर
बैंकक — थाइल्यान्डमा बस दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । दक्षिण थाइल्यान्डको प्राचुआप खिरी खान प्रान्तमा यात्रुवाहक बस सडकबाट चिप्लिएर रुखमा ठोक्किँदा १४ जनाको मृत्यु र ३५ जना घाइते भएका हुन् ।
उक्त बस राजधानी बैंककबाट सोङखला प्रान्तको नथवी जिल्लातर्फ लागि जाँदै गरेको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।