प्रतिकात्मक तस्वीर

काभ्रेपलाञ्चोक — इलाका प्रहरी कार्यालय बनेपाले बिल नभएको सुन, चाँदी र श्रोत नखुलेको नगद रकमसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाले भारतको महाराष्ट्र घर भई हाल बनेपा नगरपालिका ७ बिकुटोलमा बस्ने ३९ वर्षका सचिन विभुतेलाई गए राती पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ गरिएको सचिनको साथबाट बिना बिलको सुन जस्तो देखिने पहेँलो धातु २० तोला, चाँदी जस्तो देखिने सेतो धातु १ सय ६२ तोला, र श्रोत नखुलेको नगद पाँच लाख ७६ हजार १ सय ३५ रुपैयाँसहित बाइस हजार भारतीय रुपैयाँ बरामद गरेको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार बरामद सुन र चाँदी जस्तो देखिने धातु, श्रोत नखुलेको रकमसहित सचिन इलाका प्रहरी कार्यालय बनेपाको नियन्त्रणमा रहेको छ ।