साङ्केतिक तस्वीर


मोरङ — जङ्गली हात्तीको आक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मोरङको बेलबारी–११ लक्ष्मीमार्ग नजिकै हात्तीले आक्रमण गर्दा ५५ वर्षीय कमल माझीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय लेटाङका अनुसार मर्चा (रक्सी बनाउन प्रयोग गरिने घरेलु कच्चा पदार्थ) बिक्री गर्न लेटाङ–३ बाट बेलबारी बजारतर्फ जाँदैगरेका माझीलाई आज बिहान करिव १०:४५ बजेतिर हात्तीले आक्रमण गरी कुल्चेर मारेको हो ।