मेडक —भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु भएको छ । दुईजना भारतीय वायुसेना (आईएएफ) पाइलटहरू सवार पिलाटस ट्रेनर विमान आज सोमबार बिहान तेलङ्गानाको मेडक जिल्लाको टुप्रन शहरमा दुर्घटनाग्रस्त भएको हो ।

भारतीय वायुसेना (आईएएफ) का अधिकारीहरूका अनुसार जनाएका छन् । अधिकारीहरुका अनुसार डिन्डिगुल जिल्ला नजिकै एयर फोर्स एकेडेमीमा तालिमका क्रममा बिहान ८ः५५ बजे सो दुर्घटना भएको हो । पाइलटहरूमा एकजना प्रशिक्षक र अर्का क्याडेट हुन् ।


एसपी रोहिणीले दिएको जानकारी अनुसार “यो डन्डिगुल ट्रेनिङ एयरक्राफ्ट हो। विमानभित्र दुई जना सवार थिए, तिनमा एकजना ट्रेनर र अर्का प्रशिक्षार्थी थिए । विमानस्थलका कर्मचारी र क्लु टोली घटनास्थल पुगेका छन्। दमकलले आगो निभाइरहेको छ ।“ दुर्घटनाबारे अनुसन्धान जारी छ ।