फाइल तस्वीर
काठमाडौँ — नेपाली बजारमा पहेंलो धातु सुनको मूल्यले नयाँ उचाई लिदैं आएको छ । आज सोमबार आठ सय रुपैयाँले बृद्धि भै प्रतितोला एक लाख २१ हजार छ सय पुगेको हो ।

हिजो आईतबार प्रतितोला एक लाख २० हजार आठ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज बजार खुल्दा आठ सय रुपैयाँले बृद्धि भएको छ । नेपाली बजारमा कायम भएको यो हालसम्मकै उच्च मूल्य हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख २१ हजार रुपैयाँ कायम भएको छ । आइतबार तेजावी सुन प्रतितोल एक लाख २० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्यमा पनि बृद्धि भएको छ । चाँदी मूल्य प्रतितोला एक हजार पाँच सय ४५ रुपैयाँ पुगेको छ ।