फाइल तस्वीर
विराटनगर — कोशी प्रदेशका तीन जना मन्त्रीहरुले मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । मुख्यमन्त्री केदार कार्कीले मन्त्रीत्रय गणेशप्रसाद उप्रेती र कमलप्रसाद जबेगु र शमशेर राईलाई जिम्मेवारी दिनुभएको हो ।

मुख्यमन्त्री कार्कीले आज माअ‍ोवादी केन्द्रबाट मन्त्री बन्नुभएका गणेशप्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीबाट मन्त्री बनेका कमल प्रसाद जबेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र काङ्ग्रेसबाट मन्त्री बन्नुभएका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिनुभएको हो ।

मुख्यमन्त्री कार्कीले अझै आफुसँग आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैैंसँग राख्नुभएको छ ।,