एएफपी तस्वीर
लिमा — उत्तरी पेरुको एक खानीमा सशस्त्र आक्रमणकारीले आक्रमण गर्दा नौं जनाको मृत्यु भएको छ । उत्तरी पेरुको ला लिबर्टाड विभागको पोडेरोसास्थित खानीमा शनिबार सशस्त्र आक्रमणकारीहरूले आक्रमण गर्दा नौ जनाको मृत्यु हुनुको साथै १५ घाइते भएको समाचारमा जनाइएको छ ।

सशस्त्र अपराधीहरूको जत्थाले खानीका सुरक्षा गार्डहरूमाथि आक्रमण गरी चारजनालाई बन्धक बनाएको पनि त्यहाँको गृह मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । स्थानीय समय अनुसार बिहान १ः०० बजे सो आक्रमण भएको समाचारमा जनाइएको छ । उक्त घटनाको अनुसन्धान जारी छ ।