काठमाडौँ — नेपाली बजारमा सुनको मूल्यले दिनानुदिन नयाँ रेकर्ड राख्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ कायम भएको हो।
आज सुन प्रतितोला १ हजार ८ सय रुपैयाँ बढेको हो।

यस्तैगरी आज आइतबार तेजाबी सुनको मूल्य १ लाख २० हजार २ सय रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।