फाइल तस्वीर
काठमाडौँ — आगामी वर्षको जुन १४ तारिखदेखि हुने युइएफए युरोकप फुटबल प्रतियोगिताको ‘ड्र’ सार्वजनिक भएको छ । आगामी वर्ष जर्मनमा हुने युरोकप २०२४ फुटबल प्रतियोगिताको खेल तालिका जर्मनको ह्यामवर्गमा हिजो शनिबार सार्वजनिक भएको हो ।
प्रतियोगितामा सहभागी टिमलाई छ समूहमा विभाजन गरिएको छ । हिजो गरिएको ‘ड्र’ अनुसार पहिलो खेल आयोजक राष्ट्र जर्मनी र स्कटल्याण्डबीच जुन १४ मा प्रतिस्पर्धा हुने भएको छ । यी दुवै टिम समूह ‘ए’ मा रहेका छन् । समूह ‘ए’ मा रहेका अन्य दुई टिममा स्वीट्जरल्याण्ड र हङ्ग्री रहेका छन् ।
सुन २०२० को उपविजेता इङ्ल्याण्डले भने आफ्नो पहिलो खेल जुन १६ तारिखमा सर्वियासँग प्रतिस्पर्धा गर्ने छ । इङग्ल्याण्ड २०२० को युरोकपको फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै प्रतियोगितामा उपविजेता बनेको थियो ।
प्रतियोगिताका लागि छनोट भएका २४ टोलीलाई छनोटमा गरेको प्रदर्शनका आधारमा छ वटा समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा चार टिमलाई एक समूहमा राखिएको छ ।
आगामी जुनबाट १४ बाट सुरुहुने युरोकप २०२४ को फाइनल खेल भने १४ जुलाईमा बर्लिनस्थित ओलम्पियास रङ्गशालामा हुनेछ । जर्मनी आयोजक भएका कारण छनोट खेलेको थिएन । जर्मनीले समूह ‘ए’ मा आफ्नो स्थान बनाइसकेको थियो । त्यसबाहेक अरू टोलीका लागि भएको ड्रबाट आफ्नो समूह र समूहमा रहेका टोलीको टुङ्गो लागेको हो।
अब युरोकपमा सहभागी हुने बाँकी तीन टोलीको तय भने ‘नेसन्स लिग प्लेअफ’बाट हुनेछ । छ समूहबाट शीर्ष दुई टोली र चार उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोली अन्तिम १६ मा प्रवेश गर्ने छन् ।
हिजो सार्वजनिक गरिएको ‘ड्र’ अनुसार समूह एः जर्मनी, स्कटल्याण्ड, हङ्गेरी, स्विट्जरल्याण्ड छन् भने समूह ‘बी’ मा स्पेन, इटाली, क्रोएसिया र अल्वानिया रहेका छन् ।
यसैगरी समूह सीः स्लोभेनिया, डेनमार्क, सर्विया र इङ्ग्ल्याण्ड छन् भने समूह डीः अष्ट्रिया, नेदरल्याण्ड्स, फ्रान्स, प्लेअफ विजेता ‘ए’, समूह ईः बेल्जियम, स्लोभाकिया, रोमानिया, प्लेअफ विजेता ‘बी’ छन् ।
समूह ‘ई’ मा बेल्जियम, स्लोभाकिया, रोमानिया प्लेअफ विजेता ‘बी’ छन् भने समूह एफस् टर्की, पोर्चुगल, चेक रिपब्ली र प्लेअफ विजेता ‘सी’ छन् ।
यसैगरी प्ले अफ विजेता ए मा पोल्यान्ड, वेल्स, फिनल्यान्ड र स्टोनिया छन् भने प्लेअफ विजेता ‘बी’स् इजरायल, ग्रिस, काजाकस्तान र लक्जम्बर्ग रहेका छन् । प्लेअफ विजेता ‘सी’स् जर्जीया, ग्रिस, काजाकस्तान, लक्जम्बर्ग छन् ।