काठमाडौँ — साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको हो ।

यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले वृद्धि भएको छ ।

नेपाली बजारमा आज चाँदीको मूल्य प्रतितोला एक हजार ५ सय ४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।