फाइल तस्वीर
काठमाडौँ — नेपाल तेक्वान्दो सङ्घको आयोजनामा दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगिता भोलिदेखि हुने भएको छ । प्रतियोगितामा पुम्से र ग्यरोगी विधामा जम्मा ७२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने आयोजक सङ्घका उपाध्यक्ष भानबहादुर चन्दले आज यहाँ आयोजित पत्रकार सम्मलेनमा जानकारी दिनुभयो । प्रतियोगितामा जम्मा छ सय ५० खेलाडीको सहभागिता रहने तेक्वान्दो सङ्घका सदस्य बब्लु सिवाकोटीले बताउनुभयो ।

उक्त प्रतियोगिता सञ्चालन गर्न करिब नौ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । तीनदिने प्रतियोगिताका खेल सातदोबाटोस्थित तेक्वान्दो हलमा हुनेछ ।