काठमाडौँ — नेपाली सुनचाँदी बजारमा लगातार तेस्रो दिन पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज बुधबार सुन प्रतितोला एक हजार छ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य निर्धारण भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोलामा एक हजार छ सय रुपैयाँले बढेर एक लाख १९ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मङ्गलबार प्रतितोला एक लाख १७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख १८ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मङ्गलबार तेजाबी सुन प्रतितोला एक लाख १७ हजार एक सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

यस्तैगरी चाँदीको मूल्य पनि प्रतितोला २० रुपैँयाले बढेर एक हजार पाँच सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।