फाइल तस्वीर
दमौली — व्यास नगरपालिकास्थित घाँसी कुवा, चिसौदींमा आज बिहान रात्री सेवाको बस दुर्घटना भएको छ । धरानबाट पोखरा जाँदै गरेको बस दुग्र गतिका कारण अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको निधन भएको र ३४ जना घाइते भएका छन् ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजीव विष्टका अनुसार उक्त बस आज बिहान पौने छ बजे तिर दुर्घटना भएको हो । दुर्घटनामा परी मृतक भएको दुई जना मध्ये धनकुटाको साँधुरीगढीका ४५ वर्षीय हस्त राई भएको र अर्का एक व्यक्तिको पहिचान नखुलेको प्रहरीले जनाएको छ।


अन्य घाइतेहरुको दमौलीस्थित रत्नहरी अस्पतालमा २२ जना र दमौली जिल्ला अस्पतालमा १२ जनाको उपचार भइरहेको छ । घाइते मध्ये रञ्जित परियारको थप उपचारको लागि पोखरा रिफर गरिसकिएको छ । दुर्घटनामा घाइतेको पुरा विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ