फाइल तस्वीर
काठमाडौँ — नाडा अटो मोबाइल एशोसिएसनले आगामी नेतृत्वको लागि निर्वाचन गर्ने कार्यक्रम तय गरेको छ । हिजो ११ गते सोमबार बसेको उक्त एशोसिएसनको कार्यसमितिको बैठकले पुष २० र २१ गते संस्थाको ४७ औं वार्षिक उत्सव तथा निर्वाचन गर्ने निर्णय गरेको हो ।

नाडाका वर्तमान अध्यक्ष ध्रुव थापा नेतृत्वको कार्यकाल सकिंदै छ । नाडाले आर्थिक वर्ष २०८०/८१ सम्मको सदस्य नवीकरण गर्न बाँकी रहेको सदस्य फर्म, कम्पनी तथा प्रदेश सदस्यहरुलाई समयमै नवीकरण गर्न आग्रह गरेको महासचिव सुरेन्द्र उप्रेतीले बताउनुभयो ।

नाडाको आगामी नेतृतवको लागि करण चौधरीले उम्मेदवारी दिने तयारी गरेको बताइएको छ । चौधरी यस अघिपनि अध्यक्षका प्रत्याशी हुनुहुन्थ्यो । उहाँ अध्यक्ष थापासँग पराजित हुनुभएको थियो । यद्यपि, अर्का व्यवसायी आकाश गोल्छा पनि अध्यक्षमा उठ्नका लागि आफ्ना निकटस्ठहरुसँग छलफलमा जुटेको बताइन्छ ।