फाइल तस्वीर


काठमाडौ — मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसममा आंशिक रुपमा बदली हुनेछ । महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित पश्चिम भूभागमा आज मङ्गलबार दिउँसो देशका केही भूभागमा आंशिक बदली भई हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागका मौसमविद रोजन लामिछानेका अनुसार आज दिउँसो कोशी, बागमती, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । गण्डकी, सुदूरपश्चिम, कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२.२ डिग्री सेल्सियस छ । हिजो सोमबार योभन्दा पनि कम ९ दशमलब ५ डिग्री सेल्सियस मापन भएको थियो । आज रातिदेखि भने पश्चिमतिरबाट मौसममा क्रमिक सुधार देखिने विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुुसार आज बिहान लुम्बिनी र गण्डकीमा मौसम सफा छ । तर सुदूरपश्चिम, कर्णाली, बागमती, मधेश र कोशीमा आंशिकदेखि बदली रहेको छ ।