फाइल तस्वीर
काठमाडौँ — मङ्सिर लागेसँगै नेपाली बजारमा सुनको मूल्य आकाशिन थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार नेपाली बजारमा सुनको नयाँ रेकर्ड कायम भएको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ४ सय रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको असर परेको महासङ्घले जनाएको छ ।

गत एक महिनाअघि अर्थात् ११ कात्तिकका दिन पनि सुनको मूल्यले प्रतितोला एक लाख १७ हजार रुपैयाँको उच्च रेकर्ड राखेको थियो । हिजो आइतबार प्रतितोला एक लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज सोमबार ५ सय रुपैयाँले बढेर उच्च मूल्यको रेकर्ड कायम गरेको हो ।

यस्तैगरी आज चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँले बढेर को हालेसम्मकै उच्च रेकर्ड कायम गरेको हो ।