फाइल तस्वीर


काठमाडौँ — राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज सोमबारको खेल झापा एफसी र स्पोर्टिङ इलामबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज साँझ हुने यी दुई टिमले पहिलो पल्ट यसै प्रतियोगितामा डेब्यु गरेका हुन् ।

पहिलो पटक यस प्रतियोगितामा इलामले उद्धघाटन खेलमा काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा गरिसकेको छ । इलामले आफ्नो पहिलो खेलमा डिफेण्डिङ च्याम्पियन काठमाडौं रेजर्ससँग १–० गोलको अन्तरले पराजित हुन पुगेको थियो ।

झापा र इलामको टिमबीच हुन लागेको आजको खेललाई एनएसएलले ‘इष्टर्न डर्बी’ भनेर परिभाषित गरेको छ । नेपाल सुपर लिगको जारी प्रतियोगिता पाँचौं संस्करण हो । यस प्रतियोगितामा ३० खेलहरु हुनेछन् ।