फाइल तस्वीर

काठमाडौँ– साताको पहिलो कारोबार दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो ।

महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार ९ सय रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलाको १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार तोलामा १५ रुपैयाँले बढेर १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।