फाइल तस्वीर
इस्लामावाद — पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा गुप्तचरमा आधारित सैन्य कारबाहीमा दुई जना आतङ्ककारीको मृत्यु भएको पाकिस्तानी सेनाले विज्ञप्तिमार्फत बताएको छ । पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपिआर) ले आतङ्कवादीहरू लुकेर बसेको प्रान्तको चित्राल जिल्लाको उर्सन क्षेत्रमा कारबाही सञ्चालन गरिएको बताएको हो ।

कारबाहीका क्रममा सुरक्षा बल र आतङ्ककारीबीचको गोली हानाहानमा दुई आतङ्ककारी मारिएको र अन्य घाइते भएको पनि विज्ञप्तिमा उल्लेख छ ।