फाइल तस्वीर


धुन्चे — रसुवामा निर्माणाधीन सबै जलविद्युत् आयोजनालाई सडक सुधारको काममा सहभागी गराइने भएको छ । निर्माणाधीन गल्छी, बेत्रावती, मैलुङ स्याफ्रुबेँसी राजमार्गको स्थलगत निरीक्षणपछि भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईले सडक सुधारमा आयोजनालाई सहभागी गराइने बताउनुभएको हो ।

मैलुङक्षेत्रको अन्तर्राष्ट्रिय राजमार्ग छिटो सम्पन्न गराउन आइतबार र सोमबार मन्त्री चपाईले गल्छीदेखि रसुवागढीसम्मको सडक स्थलगत निरीक्षण गर्नुभयो ।

रसुवामा थुप्रै हाइड्रोपावर निर्माणाधीन अवस्थामा रहेको र आयको हिसाबले उनीहरूलाई सडक मार्गको जीर्णाेद्वारमा सहभागी गराउन जरुरी देखिएकाले नीतिगत रूपको प्रावधान बनाउन आफूले प्रतिवेदनमार्फत सरकारलाई सुझाव राख्ने राज्यमन्त्री चपाईले बताउनुभयो ।

राजमार्गको साथसाथै टिमुरेमा निर्माणाधीन सुक्खाबन्दरगाह, रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सारलगायत सीमा क्षेत्रमा निर्माण भइरहेका पूर्वाधार कामहरूको स्थलगत निरीक्षणसमेत गर्नुभएको थियो ।

रसुवागढी–स्याफ्रुबेँसी खण्डको सडक बढी जीर्ण हुँदा मालवाहक सवारी साधन ओहोरदोहोर गराउन र चीनबाट आयात सामग्री काठमाडौँ लैजान गाह्रो परेकाले १६ किमी सडक सुधारलाई पहिलो प्राथमिकता दिन सवारी चालक र व्यापारी व्यवसायीले सरकारसमक्ष अनुरोधसमेत गरेका