विराटनगर — कोशी प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक भोलि बस्ने भएको छ । बैठक भोलि कात्तिक २० गते सोमबार दिउँसो १ बजे बस्ने भएको हो ।

अर्को सूचना जारी नभएसम्म कात्तिक १ गते स्थगन गरिएको सो बैठक कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम बैठक बस्ने भएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।