सुर्खेत — कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेको छ। भूकम्प प्रभावित क्षेत्रको विषयमा निर्णय गर्न शनिबार बिहान बोलाइएको मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको हो ।


भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाउन कर्णाली प्रदेश सरकारले आकस्मिक बैठक राखेको छ । आज शनिबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्धार तथा राहतका लागि सबै निकायसँग सहकार्य गर्ने तथा सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारसँग उपलब्ध भएको राहत सामग्री तत्काल पठाउने र नपुगेको खरिद गर्ने निर्णय भएको कर्णाली प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले बताउनुभयो । उहाँका अनुसार उद्धारका लागि सबै संयन्त्र परिचालन गर्ने निर्णय भएको छ, आवश्यकता अनुसार बजेट खर्च गरेर शोधभर्ना गर्नेगरि बजेट खर्चसम्बन्धी व्यवस्था मिलाइएको छ ।

मन्त्री जिसीका अनुसार प्रदेश सरकारले नेपाली सेनासँग समन्वय गरी सुर्खेत एअरवेशमा रहेको हेलिकप्टरमार्फत चिकित्सक पठाउने र बिरामी ल्याउने काम पनि गरिरहेको छ ।