फाइल तस्वीर


हेटौंडा — नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलको सचेतकमा गोविन्द लम्साल नियुक्त हुनुभएको छ । सांसद् लम्साललाई काङ्ग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा ११ बमोजिम बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरिएको हो ।

यसअघि करिब दुई महिना काङ्ग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा रहँदा कुन्दनराज काफ्लेले जिम्मेवारी सम्हालेका थिए । सो समयमा प्रदेश सरकारको नेतृत्व एमाले र राप्रपाको समर्थनमा माओवादी केन्द्रले गरेको थियो । राष्ट्रपति निर्वाचनमा सत्ता समीकरण फेरिएसँगै गत चैतमा कांग्रेस सरकारको समर्थन गर्दै सत्तारुढ दल बनेको थियो ।